मोरङ अटो वर्क्स जेसिबी ‘बेस्ट साउथ एसिया रिजन डिलर्स अर्वाड’ बाट सम्मानित


काठमाडौँ । नेपालमा जेसिबी उत्पादनको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड–२०२३ बाट सम्मानित भएको छ।

पोर्चुगलको लिसवनमा फेब्रुअरी ९ मा आयोजित जेसिबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ मा जेसिबी सामग्री बिक्रेता मोरङ अटो वर्क्सलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो।

मोरङ अटोका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले जेसिबी युकेका ग्रुप सिइओ ग्रेमी म्याकडोनाल्ड तथा जेसिबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक शेट्टीबाट सम्मान ग्रहण गरेको कम्पनीले जनाएको छ।