लाभांश सञ्चित गर्दै एनएमबी लघुवित्त


काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा सञ्चित गर्ने निर्णय गर्दै सेयरधनिलाई निराश बनाएको हो ।

संस्थाको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७८–७९ का लागि भने १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।