घोराही सिमेन्टको घाटा ४२ करोड ८४ लाख रुपैयाँ


काठमाडौं । घोराही सिमेन्टको घाटा झण्डै ४२ करोड पुगेको छ । बुधबार आज सार्वजनिक भएको वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनी ४१ करोड ८४ ाख ३८ हजार रुपैयाँ घाटामा रहेको छ । गत वर्ष समिक्षा अवधिमा १ करोड ५४ लाख ४३ हजार रुपैयाँ घाटामा रहेको थियो ।
कम्पनीको खुद नाफा ४६.७७ प्रतिशतले घटेर १९ करोड ४७ लाख ३३ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष समिक्षा अवधिमा कम्पनीले ३६ करोड ५८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

उत्पादन बिक्रीबाट १.४० प्रतिशतले ले आम्दानी वृद्धि गरी १ अर्ब ७१ करोड २४ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले प्रशासनिक,बिक्री तथा वितरणमा १५ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको वित्त खर्च २६ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ २४.१५ प्रतिशतले घटेर २ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ । अन्य रिजर्भ ७ करोड ९० लाख रहेको कम्पनीको सेयर प्रिमियम रिजर्भ २ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ ।

घोराही सिमेन्ट प्रतिसेयर ९.१६ रुपैयाँ नोक्सानमा छ भने प्रतिसेयर नेटवर्थ २२५.४५ पैसा रहेको छ ।