जावा ३५० को नयाँ भेरियन्ट सार्वजनिक, यस्ता छन् विशेषता


काठमाडौँ । जावा मोटरसाइकलले महिन्द्रा ब्लुज फेस्टिभलमा भारतीय बजारमा आफ्नो नयाँ क्लासिक बाइक जावा ३५० को नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ ।

जावा येज्दी स्ट्याण्डर्डकाे अपडेटेड संस्करण हाल भारतमा कालो, मिस्टिक ओरेन्ज र मरुन गरी तीनवटा रङमा उपलब्ध छ। यो बाइक चाँडै नै नयाँ रंगमा लन्च गरिनेछ ।

नयाँ जावा ३५० क्लासिकमा जावा स्ट्याण्डर्ड मोडलमा पाइने २९४ सीसी इन्जिनको सट्टा शक्तिशाली ३३४ सीसी इन्जिन रहेकाे छ । कम्पनीले जावा ३५० जनवरी २०२४ मा २ लाख १५ हजार रुपैयाँको प्रारम्भिक एक्स-शोरूम मूल्यमा प्रस्तुत गरेको थियो। जावाले बाइकमा ५ वर्षको वारेन्टी पनि दिएको छ । अहिले यसको मूल्य १२ हजार रुपैयाँले बढेको कम्पनीले जनाएकाे छ ।

यसमा १३.५ लिटर मस्कुलर फ्युल ट्याङ्की, फ्ल्याट सिट, राउण्ड हेडलाइट, ८ इन्चको पाङ्ग्रा र सबै एलईडी लाइटिङ जस्ता सुविधाहरू छन्।

सिट उचाइ व्यवस्थापन ७९० एमएम छ र नयाँ जावा ३५० ले १७८ एमएम ग्राउन्ड क्लियरेन्स पाउँछ। बाइकको तौल १९२ किलोग्राम रहेको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको सेमी-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पनि रहेकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार जावा ३५० मा ३३४ सीसी एकल सिलिन्डर इन्जिन छ, जसले ७,००० आरपीएममा २२ बीएचपीको अधिकतम पावर र ५,००० आरपीएममा २८ एनएमको पीक टर्क उत्पन्न गर्छ। यो इन्जिन पेराकमा पनि प्रयोग गरिएको छ जुन कम्पनीको लाइनअपमा समावेश छ। नयाँ इन्जिनसँगै जावा ३५० को पीक टर्क १ एनएमले बढेको छ, तर पावर पहिलेको २९३ सीसी इन्जिनको तुलनामा ४.८ बीएचपीले घटेको छ।