काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आयोजना प्रभावित र खानी प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलले सेयर बाँडफाँड सम्पन्न गरेका हुन् ।
कम्पनीले पुस २५ देखि माघ २५ सम्म आयोजना प्रभावित स्थानियलाई प्रतिकित्ता कित्ता ३६०।९० रुपैयाँ अंकित मूल्यमा ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो।
क्यापिटलका अनुसार यस निष्काशनमा १,२२४ जना आवेदकहरुबाट आवेदन परेको थियो । क्यापिटलले १,२२४ जना मार्फत रीतपुर्वक प्राप्त भएका आवेदकलाई २ लाख ४८ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ ।
साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९,३०,००० कित्ता शेयरमध्ये बिक्री नभएको ६,८१,५३० कित्ता शेयर सर्वसाधारण सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समे० को लागि छुट्याइएको थप गरी सार्वजनिक निष्कासन गरिने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्