सीजी मोटर्सले सार्वजनिक गर्‍यो जीएसीको आयोन वाई कार, यस्ता छन् विशेषता


काठमाडौँ । नेपालमा सवारी साधन बिक्रीमा आक्रामक बन्दै गएको चौधरी समुहले नयाँ विद्युतीय गाडी ब्रान्ड आयोन वाई नेपाल भित्र्याएको छ । हिजाे (मंगलबार) थापाथलीस्थित नयाँ शोरुममा जिएसी आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ सार्वजनिक गरिएकाे हाे ।

कारमा ६१.५ किलोवाट आवरको ब्याट्री प्याक तथा १०० किलोवाट पीक पावरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटर रेन्ज पाउन सकिने एनइडीसीले दाबी गरेको छ । साथै कारको टर्क २२५ एनएम छ । कारको ग्राउन्ड क्लिरियन्स १८३ एमएम रहेकाे कम्पनीले जनाएकाे छ ।

कारकाे बाहिरी लुक्स निकै नै आकर्षक र आधुनिक देखिने एवोन–वाईको इन्टेरियरमा १०.२५ इन्चको एलसीडी इस्ट्रयुमेन्ट क्लस्टर, १४.६ इन्चको ठूलो टचस्क्रिन, अटोमेटिक एयर कन्डिसनिङ, ६ स्पिकर, पीएम २.५ एयर फिल्टर, सेकेन्ड रोमा बस्ने यात्रुका लागि समेत एयर कन्डिसनिङ भेन्ट, माइक्रोफाइबरयुक्त मल्टिफंक्सन स्टेरिङ ह्विल र ६ वे पावर एड्जस्टेवल ड्राइभर सीट लगायत फिचर पाउन सकिने कम्पनीकाे दाबी छ ।

सुरक्षाका लागी यसमा एडास फिचर सहित एविएस, इएसपी, ईबीडी, टायर प्रेसर मोनिरिङ, ब्रेकिङ इनर्जी रिकभरी, डुअल फ्रन्ट एयरब्याग, फ्रन्ट साइट एयरब्याग, साइड कर्टेन एयरब्याग, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एडप्टिभ क्रुज कन्ट्रोल, रियर पार्किङ सेन्सर र ३६० डिग्री एचडी भ्यू क्यामेरा लगायत उपलब्ध छ ।

नेपालमा पहिलोपटक लन्च भएको आयोन वाईको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरिएको छ ।