बुधबार झिनो अंकले बढ्यो नेप्से


काठमाडौँ। बुधबा सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक बुधबार ५.९१ अंकले बढेर २०७६.५० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ उपसमुहको सेयर मूल्य बढेको छ भने ६ ओटा उपसमूहको सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १७ करोड १७ लाख ६४ हजार ८८० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा नेपाल फाइनान्स, बोटलर्स नेपाल ९बालाजु० लिमिटेड, पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

पिपुल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले घटेको छ ।

कुल ३०२ कम्पनीको १ करोड २३ लाख ३ हजार २७ कित्ता सेयर किनेबच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।