डिप्रोक्स लघुवित्तले कति दिँदैछ लाभांश ?


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ ।

बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३२ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।