‘विश्व सामाजिक मञ्च २०२४’ अभियान आजदेखि सुरू,४० हजारको सहभागिता रहने (फाेटाेफिचर)


काठमाडौँ । खाद्यका लागि कृषि अभियान र आवद्ध संस्थाहरुले कृषिसँग सम्बन्धित १६ औं संस्करणको ‘विश्व सामाजिक मञ्च २०२४’ अभियान आजदेखि सुरू भएको छ । फागुन ३ आज देखि ७ गते सम्म सो अभियान संचालन हुने छ ।

सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन्। विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।

सो सम्मेलनमा खाद्य सुरक्षा, वातावरणीय संरक्षण, जलवायु संकटलाई न्यूनिकरण, रैथाने बाली संरक्षण आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ ।

विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ।