बिहीबार दोहोरो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक बिहीबार १४.४६ अंकले घटेर २०६२.०३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ उपसमुहको सेयर मूल्य घटेको छ भने एक ओटा उपसमूहको सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ८५ लाख ७६ हजार २६७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बिहीबार मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.७० प्रतिशतले घटेको छ ।

कुल ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनेबच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This