कर्जा कहाँ गयो भनेर आत्तिहाल्नु पर्ने अवस्था छैन: सिइओ ढुङ्गाना


काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कर्जा कहाँ गयो भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

महिला आर्थिक पत्रकार संघ (फेजा) ले गरेको नीतिगत बहस कार्यक्रममा सिइओ ढुङ्गानाले यो आर्थिक वर्षमा अथवा अर्को वर्ष कुल ग्राहस्थ उत्पादनभन्दा बढि कर्जा प्रवाह हुने तर कर्जा कहाँ गयो भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

“हाम्रो देशको पुरा निक्षेप कुल ग्राहस्थ उत्पादनभन्दा बढि छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा पनि यो वर्ष अथवा अर्को वर्ष कुल ग्राहस्थ उत्पादनभन्दा बढी हुन्छ । हामीले ठुला र विकसित देशमा हेर्ने हो भने यो अवस्था रहेको छ,” उनले भने, “बैंकिङ र वित्तीय स्थिती विकसितरुपमा पुगेको देशमा कुल ग्राहस्थ उत्पादनको १५० प्रतिशत, २५० प्रतिशत भएको देशहरु भएका कारण अहिले कर्जा कहाँ गयो भनेर आत्त्तिहाल्नु पर्ने अवस्था छैन । प्रवाह भएको कर्जा नेपालभित्रै छ ।”

उनले विश्व बैंक, अन्तर्राष्ट्रिय दाता, अन्र्तराष्ट्रिय मुद्रा कोषहरुले नेपालको अर्थतन्त्रको आकारभन्दा कर्जा प्रवाह ठुलो भयो धेरै भयो ओभर फाइनान्सिङ भयो भन्ने कु्रा आउने बताए ।

उनले भने, “केहि हदसम्म होला । त्यसलाई राष्ट्र बैंकको गाइडलाइनले धेरै हदसम्म सीमामा ल्याइसकेको छ । कोभिडमा दिएको ओभर फाइनान्सिङ वर्किङ क्यापिटल गाइडलाइनले रोकिँदिँदा अहिले केहि र्थरर्थराएको मात्र हो । पल्टिहालेको छैन । पल्टिहाल्ने अवस्था आयो भने राष्ट्र बैंकले हेरिहाल्छ हामी डराउनु पर्दैन ।“

मन्दिको अवस्था देखिएको हुनाले बैंकहरुको रिकभरीमा स्टे«स बढेको उनले बताए । ढुङ्गानाले पछिल्लो केही वर्षदेखि सबै उद्योगहरुको कुल क्षमताको ५० प्रतिशत पनि चल्न नसकेको व्यापार हुन नसकेको, बजारमा गएको उधारो नउठेको कारण पुरा अर्थतन्त्रको चेन नै रोकिएको उनले उल्लेख गरे । उनले यसको सबै असर बैंक तथा वित्तीय संस्थामा नै समस्या परेको बताए ।

“अर्थतन्त्रको चेन नै रोकिएको कारणले खराब कर्जा बढ्दै गइरहेको छ । राष्ट्र बैंकको निर्देशनले खराब कर्जा थप बढ्ने अवस्था देखेको छु,” उनले भने, “रिकभरी भइसकेकेपछि ६ महिना क्ुर्नुपर्ने माघ एक गतेदेखि नयाँ प्रावधान लागू भएको छ । त्यसले कर्जा डिफल्ट हुने, नयाँ थपिने हुन्छ । त्यो हिसाबले हेर्दा बैंकहरुको खराब कर्जा अझ बढि देखिने हुन्छ ।”