दुई लघुवित्तको पुँजीकोष ८ प्रतिशतभन्दा कम


काठमाडौँ । सुपर लघुवित्त वित्तीय संस्था लि. र श्रृजनशिल लघुवित्त वित्तीय संस्था लि. को पुँजीकोष ८ प्रतिशत भन्दा कम रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासको लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार लघुवित्तहरुले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँंजी र ८ प्रतिशत पुंँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।

२०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार सुपर लघुवित्त र श्रृजनशिल लघुवित्तको पुँजीकोष ८ प्रतिशतभन्दा कम रहेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार एउटा महिनामा मात्र पनि पुँजीकोष तोकिएको सीमाभन्दा कम भएमा लाभांश वितरण गर्न पाउँदैनन् । यस प्रतिवेदन अनुसार सुपर लघुवित्त र श्रजनशिल लघुवित्तले लाभांश वितरण गर्न नपाउने भएका हुन् ।

सुपर लघुवित्तलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन गरिरहेको छ ।