आइपीओ निष्काशन गर्दै सिभिल हाईड्रोपावर


काठमाडौं । सिभिल हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने उदेश्य सहित फागुनमा साधारण सभा बोलाएको हो ।

कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गते कम्पनीको रजिष्टार्ड कार्यालय पोखरामा १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभामा आयोजना प्रभावित क्षेत्र तथा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको पूँजी वृद्धिको प्रस्ताव लगायत गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।