सिटिजन्स बैंकका ग्राहकले सिटिस्केप थकालीमा छुट पाउने


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले सिटिस्केप थकालीमा छुट पाउने भएका छन् । काठमाडैँमा रहेको सिटिस्केप थकाली र सिटिजन्स बैंकबिच बैंकका सेवाग्राहीले थकालीमा छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सिटिस्केप थकाली मा १० प्रतिशतसम्मको छुट पाउने जनाइएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।