फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा


काठमाडौँ। फर्स्ट माइक्रोफइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य ३१५ रुपैयाँ रहेको छ । उक्त सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुले खरिदको लागि आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, वा प्रभु बैंक लिमिटेड, बबरमहलमा खरिद मूल्य र कित्ता खुलाई शिलबन्दी निवेदन पेश गर्ने सक्ने जनाइएको छ ।