नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको वार्षिक साधारणसभा सम्पन्न


काठमाडौँ । नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लि.को ३३ औं, ३४ औं र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुम मार्फत सम्पन्न भएको हो ।

अध्यक्ष प्रेमबहादुर श्रेष्ठ अस्वस्थ भएका कारण सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आ.व. २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा विगतमा इण्डियन आयल कर्पोरेशन लि. (आईओसी) बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको बताए ।

साथै यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल भएकोमा आ.ब. २०७९÷०८० मा बिक्री बृद्धि भएको सभालाई जानकारी गराएका थिए ।
साथै नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाई पनि रहेको उनले उल्लेख गरे ।

त्यसैगरी यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आपूm तथा सञ्चालक समिति लागिपरेको बताउँदै अव वार्षिकरुपमै साधारण सभा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादन समेत बृद्धि गरी बजारमा पठाउने गरिएको र बजारमा उठ्न नसकेको उधारो रकमहरू कानुनी प्रकृया अपनाई मुद्दाबाट सोको किनारा लागी पुराना रकमहरू उठ्ने क्रम जारी रहेको जानकारी गराए ।

सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीहरूलाई उपलब्ध गराउने प्रतिवद्दता जनाए पनि हालसम्म पुरा गर्न नसकि रहेको अवस्थाले गर्दा निर्माण कार्यले गति लिन नसकेको उनले बताए ।