मंगलबार झिनो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक मंगलबार १.७६ अंकले घटेर २०३३.०६ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने ५ ओटा उपमुहको सेयरमूल्य बढेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३१ करोड ७३ लाख ७० हजार ९९८ रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

ग्रीनलाइफ हाइड्रो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १ं० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनेबच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।