कानुन मन्त्रालयले अर्थमा पठायो एसएमई प्लेटफर्मको नियमावली


काठमाडौं । स्मल एण्ड मिडियम इन्टरप्राइजेज ( एसएमई) प्लेटफर्म सञ्चालनको लागि नेपाल धितोपत्र बोर्डले तयार गरेको नियमावली कानुन मन्त्रालयबाट पुनःअर्थ मन्त्रालयमा पुगेको छ ।

काुनन मन्त्रालयले सोमबार नै अर्थ मन्त्रालयमा पठाइसकेको मन्त्रालयका उपसहिच  झइन्द्र प्रसाद गुरागाईले बताए ।

उनले भने, “हामीले अध्ययन गरेर दुई दिन अगाडी नै अर्थ मन्त्रालयमा नै पठाईसकेका छौं अब अर्थले क्याविनेटमा पेश गर्नेछ ।”

साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली २०८०’ गत जेठ ७ गते नियमावली स्विकृतिका लागि अर्थमन्त्रालयमा पठाएको थियो ।

६ महिना अर्थ मन्त्रालयमै थन्किएपछि गत कात्तिक महिनामा कानुन मन्त्रालय पुगेको थियो । कानुन मन्त्रालयमा पुगेकाे ४ महिनापछि एसएमइज प्लेटफर्मको नियमावली पुनः अर्थमन्त्रालयमा पुगेको हो ।

एसएमई प्लेटफर्म यसै वर्ष सञ्चालनमा ल्याउने भनेपनि अर्थमन्त्रालयले तदारुकता नदेखाउँदा धेरै ढिलो भएको बोर्डको भनाई छ ।

उक्त नियमावली अर्थ मन्त्रालयले स्वीकृत गरेर मन्त्रिपरिषद्मा पठाएपछि मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउछ ।