बुधबार पनि घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक बुधबार ६.४६ अंकले घटेर २०२६.५९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ बाहेक १२ उपसमुहको सेयरमूल्य घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ११ करोड १२ लाख २८ हजार ५६९ रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बोटलर्स नेपाल (बालाजु, हिमालयन ऊर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल (तराई) का लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले घटेको छ ।

कुल ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनेबच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।