संस्थागत मुद्दती निक्षेपको ब्याज बढ्ने


काठमाडौँ । चैत १ गतेदेखि लागू हुने गरी संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सर्कुलर जारी गर्दै मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा अनुसार संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत निक्षेपभन्दा १ प्रतिशत कम ब्याजदरमा निक्षेप राख्न पाउने छन् ।

“संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ,” सर्कुलरमा भनिएको छ । यो व्यवस्था २०८० चैत १ गतेदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

यस अगाडी व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपको ब्याजदर अन्तर दुई प्रतिशत रहेको थियो ।