गरिमा क्यापिटलमा निःशुल्क मेरो शेयर र डिम्याट खाता खोल्न सकिने


काठमाडौँ । ‘हरेक नेपाली शेयरधनी’ भन्ने मूल नारालाई आत्मसात गर्दै गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी ‘सित्तैमा’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ ।

यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने बैंकले उल्लेख गरेको छ ।

बैंकका अनुसार ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् ।