साताको सेयरबजार : चार दिनमा लगानीकर्ताले गुमाए ४५ अर्ब रुपैयाँ


काठमाडौं । पुस मसान्तपछि बजार बढ्ने परम्परा हो भनिए पनि यस वर्ष फागुनको दोस्रो हप्तासम्म पनि सेयरबजार सन्तोषजनक देखिएन। बैंक तथा वित्तीय संस्थाहरूले क्रमश ब्याजदर घटाउँदै गए पनि त्यसको प्रभाव बजारमा देखिएको छैन ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा पर्याप्त मात्रामा लगानीयोग्य पैसा छ । अर्थतन्त्रका सूचकहरू क्रमश सकरात्मक हुँदै गएको अवस्थामा बजारमा निरन्तर गिरावट जारी छ ।

अर्थतन्त्रका प्रमुख सूचकहरू सकरात्मक देखिएको पनि लगानीकर्ताको मनोभाव अझै बलियो बन्न नसक्दा बजारमा निरन्तर गिरावट आएको जानकारहरू बताउँछन् ।

माघ महिनामा कारोबारको पहिलो दिन २ बजार ५२ अंकले बढ्दा ८ अर्बमाथिको कारोबार भएको थियो भने ३ गते एक वर्षयताकै धेरै पौन १० अर्ब रुपैयाँको कारोबार भएको थियो । बजार बढ्ने ठुलो अपेक्षा गरिए पनि बजार बढ्न सकेन ।

सेयरबजारको राम्रो स्रोतका रुपमा रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह उच्च अनुपातमा बढे पनि बजार भने आफ्नै गतिमा चलिरहेको छ ।

यस साता कारोबारको पाँच दिनमध्ये ४ दिन मात्रै सेयर कारोबार भएको छ । एक दिन सार्वजनिक विदाका कारण कारोबार हुन सकेन । कारोबार भएको ४ दिनमा चारै दिन सेयर मापक सूचक नेप्से परिसूचक घटेको छ । कारोबारको ४ दिनमा नेप्से परिसूचक ५६.१९ अंकले घटेको छ ।

आइतबार २७.२१ अंकले घटेर नेप्से परिसूचक २०३४.८३ अंकमा झरेको थियो । यस दिन नेप्सेमा कारोबार भएका सबै उपसमूहको सेयरमूल्य घटेको थियो ।

आइतबार कुल ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयर किनेबच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार नेप्से परिसूचक मंगलबार १.७६ अंकले घटेर २०३३.०६ अंकमा झर्‍यो । यस दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमूहको सेयरमूल्य घटेको छ भने ५ ओटा उपसमूहको सेयर मूल्य बढेको थियो ।

मंगलबार ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनेबच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको थियो ।

कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ अंकमा खुम्चियो । यस दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमूहमध्ये १२ वटा उपसमूहको सेयरमूल्य घट्यो भने २ वटा उपसमहको सेयरमूल्य बढेको थियो ।

बुधबार कुल ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनेबच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै साताको कारोबारको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ अंकमा झर्‍यो। यस दिन कारोबार भएका कुल १३ उपसमूहमध्ये २ उपसमूहको सेयरमूल्य बढेको छ भने ११ उपसमूहको सेयरमूल्य घटेको छ ।

बिहीबार कुल ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनेबच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबारको चारै दिन हिमालय रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । याे साता चार काराेबार दिनमा १० अर्ब ३२ करोड ३१ लाख ५२ हजार ८७७ रुपैयाँको कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार बजार पुँजीकरण ३१ अर्ब ९८ अर्ब ५६ करोड ९८ लाख रहेकोमा बिहीबार ३१ अर्ब ५३ अर्ब ६ लाखमा झरेको छ ।

लगानीकर्ताले ४ दिनमा ४५ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ सम्पत्ति गुमाएका छन् ।