कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी


काठमाडौँ । कृषि विकास बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै बैंकले कर्मचारी माग गरेको हो ।

बैंकले आठौँ तहको शाखा प्रमुखमा २ जनाको माग गरेको छ । त्यस्तै ७औँ तहको वरिष्ठ लेखा अधिकृतमा २ जना कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको छ ।

त्यस्तै छैठौँ तहका व्यवसाय अधिकृतमा ३२, कम्प्युटर अधिकृतमा २, इन्जिनियर आइटीमा १, कर्जा अधिकृतमा ६ जना कर्मचारी माग गरेको छ ।

पाचौँ तहका व्यवसाय सहायकमा १६, कानुन सहायकमा १, कर्जा सहायकमा ३ र ओभरसियरमा १ जना कर्मचारी मागेको छ । त्यस्तै चौथो तहको लेखापालमा ४६ जना कर्मचारी माग गर्दै बैंकले आवेदन आह्वान गरेको हो ।

बैंकले फागुन ११ देखि चैत १ सम्म दरखास्त फारम भरिसक्नुपर्ने उल्लेख गरेको छ ।