यो वर्षको स्वस्थानी ब्रतकथा आज सकिँदै, १५ तस्बिरमा हेर्नुहोस् शालिनदी माधवनारायण मेला


आजदेखि स्वस्थानी ब्रतकथा सम्पन्न भएको छ। हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि एक महिनासम्म स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने गरिन्छ। वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक माघ स्नान गरी स्वस्थानी व्रत लिने तथा कथा वाचन शुरु गर्ने संस्कार रहेको छ। एक महिनासम्म चलेको काठमाडौँको साँखुस्थित शालिनदीमा माघस्नान तथा माधवनारायणको मेला शनिवारबाट सम्पन्न हुँदैछ। सदा झैं आज पनि शालीनदी आसपास र देशभरका मठमन्दिरमा ब्रतालसको ठूलो घुँइचो छ।

शब्द/तस्बिरः टक्सार