एसियाप्रसान्त क्षेत्रीय कृषि सम्मेलन सम्पन्न, नेपालको सक्रिय सहभागिता 


काठमाडौँ। एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सम्मिलित संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठन (एफएओ) एसिया प्रसान्त क्षेत्रीय सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ । 

प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रिस्तरीय यो बेकममा एसिया प्रसान्त क्षेत्रका ४४ भन्दा बढी कृषि मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालको तर्फबाट सम्मेलनमा सक्रिय सहभागिता रहेको थियो।  

नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा बेदुराम भुषालको नेतृत्वमा तीन सदस्यिय प्रतिनिधिले भाग लिइएको थियो भने मन्त्रिस्तरीय छलफलको विभिन्न कार्यक्रममा सहभागिता जनाएको छ । 

फागुन महिनाको ७ देखि १० गते सम्म संचालन भएको  ३७ औ एसिया प्रसान्त क्षेत्रको खाद्य तथा पोषण सुरक्षाको अवस्था, कृषि खाद्य प्रणालीको अनुकुलित रुपान्तरण, कृषि मा लगाती प्रवर्धन तथा कृषिको आधुनिकरण तथा खाय वस्तुको उचित प्रयोग, पानीको उचित उपयोग तथा खानेपानी तथा खाद्य पदार्थ तथा उपलब्ध पानीको क्षतिको न्यूनिकरण जस्ता विषयहरुमा वृहत छलफल गरिएको थियो । 

कार्यक्रममा आयोजित मन्त्रिस्तरीय विशेष बैंठकमा कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगका साथै यस क्षेत्रका साना राष्ट्रहरुको कृषि तथा पर्यावरणको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा छलफल गरिएको थियो । 

नेपालको तर्फवाट खाद्य प्रणालीको उपयोग तथा लगानी प्रवर्धनका सम्भावना तथा अवसरका वारेमा राष्ट्रिय सोच प्रस्तुत गरिएको छ । सम्मेलन अन्तर्गत डिजिटल भिजेज इनिसियटिभमा नेपालमा एफएओको सहभागितामा संचालित कार्यक्रम, यस क्षेत्रमा हालसम्म भएको उपलब्धीहरू  तथा यस क्षेत्रमा  हासिल गरेका  अनुभव बारे सम्मेलनमा जानकारी गराइएको थियो । 

नेपालले एक मूलुक एक विशेष बाली वस्तुतर्फ छनौट गरेको अलैचीको अर्थतन्त्रमा योगदानका विषयमा सम्मेलमा छलफल भएको छ ।

नेपाली अलैचीको निर्यातले अर्थतन्त्रमा विशेष योगदान गरेको अवस्थामा  त्यसको महत्व, उत्पादनको अवस्था, प्रसोधन प्रणाली तथा आन्तरीक तथा वाहय वजारमा यो वालीको पहुँचको सम्वन्धमा नेपालको तर्फवाट मन्तव्य प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा विश्वका साना विकासशील टापु राष्ट्र (एसआईडीएस), अतिकम विकसित  राष्ट्रहरु तथा भूपरिवेष्ठीत राष्ट्रहरुका सम्बन्धमा मन्त्रिस्तरीय विशेष बैठक संचालन भएको थियो । 

बैठकमा  विशेषत नेपाल जस्ता  भूपरिवेष्ठीत राष्ट्रहरुले कृषि क्षेत्रमा अपनाएका प्रविधि, वजारीकरण तथा विश्ववजारको पहुँच लगायतका विषयमा नेपालले आफ्ना भनाइहरु प्रस्तुत गरेको थियो । कम विकसित, अल्प विकसित राष्ट्रहरुले झेलेका समस्याहरु तथा समाधानका लागि  प्राथमिकतामा विषय तय गरिएको हो । 

सम्मेलनको औपचारिक उद्घाटनको क्रममा हरेक राष्ट्रले आफ्नो मूलुकको कृषिक्षेत्रमा प्राथमिकता, सहयोगका क्षेत्रहरु तथा आगामी दुई वर्षका लागि एफएओको रणनैतिक तथा  कार्यगत योजनाहरु समेतलाई समेटी कार्यपत्र प्रस्तुत भएको थियो ।

नेपालको तर्फवाट कृषि  तथा पशुपन्छी विकास मन्त्रलयले एफओ नेपाल बाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै नेपालको भौगोलिक बिशेषतालाई मध्यनजर गर्दै पहाडी खेतीवाली प्रणालीलाई बिशेष जोडदिनुपर्ने विषय प्रस्तुत भएको थियो ।  

मन्त्री भूषालले एफएओ नेपालको सहकार्यमा संचालित कार्यक्रमका विषयमा मन्तव्य राख्दै नेपालले आगामी दशकलाई  कृषि लगानी दशकको रुपमा अगाडी बढाउन लागेको जानकारी गराएका थिए। 

सम्मेलनमा नेपालको तर्फबाट कृषि क्षेत्र तथा खाद्य प्रणालीमा रुपान्तरणमा एफएओ तथा नेपालले अवलम्वन गरेको प्रयासहरू तथा कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै लैजानु पर्ने आवश्यकता बारेमा चर्चा गरिएको थियो।

नेपालको तर्फबाट एफएओसँगको सहकार्यमा समग्र कृषिको रुपान्तरण तथा विकासमा कार्यगत सहकार्य अगाडि बढाउने विषयमा जानकारी गराइएको थियो । 

कार्यक्रमको सन्दर्भमा नेपालका कृषि मन्त्री भूसाल र एफएओ लगानी केन्द्रका निर्देशक मोहम्मद मस्यौरीकाबिच छुट्टै भेटघाट भएको थिया । भेटघाटमा नेपालमा कृषि क्षेत्रमा लगानी बढाउन  साझा रुपमा कार्यक्रम अगाडी  बढ्ने विषयमा छलफल भएको थियो।

सम्मेलनको आयोजक राष्ट्र श्रीलंकाबाट सम्मेलनमा उपस्थित सहभागीहरुलाई  स्थलगत भ्रमण कार्यक्रम तय गरिएको  थियो। उक्त  कार्यक्रममा  नेपालका बिशिष्ट पदाधिकारीहरुलाई श्रीलंकामा संचालित विविध नवीनतम कार्यक्रमहरुको प्रत्यक्ष  रुपमा अवलोकन गर्ने अवसर तय गरिएको थियो ।