आइतबार २६.८१ अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक आइतबार २६.८१ अंकले घटेर १९७९.०२ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ उपसमुहको सेयरमूल्य बढेको छ भने ११ उपसमुहको सेयरमूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

बोठलर्स नेपाल ९बालाजु० का लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् ।

कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

समाज लघुवित्त, मोलुङ हाइड्रोपावर कम्पनी, साम्लिङ पावर कम्पनी, बलेफी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९।५६ प्रतिशत र ९।२१ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनेबच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।