कृषि विकास बैंकका ग्राहकले ओम हस्पिटलमा छुट पाउने


काठमाडौँ । कृषि विकास बैंक लिमिटेडका ग्राहकहरुले ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन् ।

बैंक र हस्पिटलबिच भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले ओम हस्पिटलको ओपिडी शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकहरूले छुट सुविधा कृषि विकास बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

२०२४ माघ ७ गते स्थापित बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय रहेका छन्। बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टरहरू रहेका छन् भने १२९ वटा एटिएम मेसिनहरू रहेका छन्।