नेप्सेले निकाल्यो मार्जिन कारोबारको लागि योग्य ११२ कम्पनीको नामावली (सूचीसहित)


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।
नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

नेप्सेले सार्वजनिक गरेको सूचीमा बैंक तथा वित्त संस्थातर्फ १९ वाणिज्य बैंक, ८ विकास बैंक, ४० लघुवित्त कम्पनी र ५ फाइनान्स कम्पनी परेका छन् । यसै गरि इन्स्योरेन्सतर्फ ७ लाइफ इन्स्योरेन्स कम्पनी र ९ ननलाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । लगानी समूहका नागरिक लगानी कोष, एचआईडिसिएल, निफ्रा र एनआरएन इन्फ्रास्ट्रकचर लिमिटेड तथा उत्पादन समूहका एचडिएल र शिवम् सिमेन्ट पनि सूचीमा रहेका छन् ।

यसैगरी १६ हाइड्रो कम्पनी, नेपाल रिइन्स्योरेन्स र नेपाल टेलिकमको सेयर पनि मार्जिन कारोबार योग्य सूचीमा परेका छन् । उल्लेखित कम्पनीका सेयरहरु मात्र मार्जिन लेन्डिङ प्रयोजनका लागि धितोस्वरुप राख्न सकिनेछ ।