विश्व व्यापार सङ्गठनको सम्मेलनमा समुद्री मार्ग प्रयोगका लागि आवश्यक समन्वय गर्न जोड


दुवई । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विश्व व्यापार सङ्गठन डब्ल्यूटीओमा आबद्ध सदस्य राष्टहरुले सामना गर्नु परेका चुनौतीहरू बारे ध्यानाकर्षण गराउनु भएको छ ।

आईतबार डब्लुटीओको ू१२औ चाइना राउन्ड टेबल उच्च स्तरीय सत्रू लाई सम्बोधन गर्दै मन्त्री रिजालले सदस्य राष्टहरुले सामना गर्नु परेका चुनौतीहरूबारे ध्यानाकर्षण गराएका हुन् ।

मन्त्री रिजालले यसमा आबद्ध सदस्यको क्षमता अभिवृत्तिका लागि प्राविधिक र क्षमता विकास सहयोग जारी राख्न समेत आग्रह गरे । त्यसैगरी डब्ल्यूटीओको महत्त्वाकाङ्क्षी सदस्यको लागि सरल र अनुकूल नीति बनाउनु पर्नेमा जोड दिँदै मन्त्री रिजालले विश्व व्यापार सङ्गठनका नयाँ सदस्यहरू कोमोरोस र टिमोर लेस्टेलाई बधाई समेत दिए ।

आईतबार नै मन्त्री रिजालले भूपरिवेष्टित विकासशील देशहरूको बैठकलाई पनि सम्बोधन गरे । भूपरिवेष्टित देशहरूका लागि भौगोलिक विचलन हटाउन र पारवहन लागत घटाउन विश्व व्यापार सङ्गठनमा आबद्ध सदस्य राष्टहरुले थप सहयोग गर्न मन्त्री रिजालले आग्रह गरे ।

मल्टी(मोडल यातायात पूर्वाधारको माध्यमबाट समुद्री मार्ग प्रयोगका लागि आवश्यक समन्वय गर्नु पर्नेमा मन्त्री रिजालले जोड दिनु दिए।

मन्त्री रिजाल विश्व व्यापार सङ्गठनको १३ औँ मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सनिबार अबुधाबी पुगेका थिए ।

मन्त्री रिजाललाई अबुधाबीको जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा युएईका लागि नेपाली राजदूतले स्वागत गरेका थिए ।