सार्वजनिक ऋण भुक्तानी गर्न आगामी वर्ष रू. १ खर्ब भन्दा बढी चाहिने


काठमाडौँ । सरकार सार्वजनिक ऋणको दायित्व भुक्तानीको दबाबमा पर्दै गएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले वर्षेनी ठूलो रकम विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

प्रतिनिधि सभा बैठकमा आज आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेश गर्दै आगामी आर्थिक वर्षमा मात्रै एक खर्ब भन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीको लागि खर्च गर्नुपर्ने दायित्व सरकार सामु रहेको बताए ।

उनले विकास आयोजनाहरूमा न्युन बजेट विनियोजन गरेका कारण सृर्जित दायित्व भुक्तानी गर्न पनि सरकारका लागि चुनौतिको विषय रहेको उल्लेख गरे ।

उनले भने,“विगतमा लिइएको सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न वर्षेनी ठूलो रकम छुट्टयाउनुपर्ने भएको छ । आगामी आर्थिक वर्ष थप एक खर्ब रुपैयाँभन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीमा विनियोजन गर्नुपर्ने अवस्था छ ।”

सामाजिक सुरक्षा लगायतका क्षेत्रमा दायित्व क्रमशः बढ्दै मन्त्रमन्त्री महतको भनाई छ ।