प्रभु बैंक लिमिटेडका डेपुटी सीइओ मनोज न्यौपानेसहित १० जना पक्राउ


काठमाडौं । प्रभु बैंक लिमिटेडका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन् । न्यौपानेलाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीले न्यौपानेका साथै तत्कालिन सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको छ ।

तत्कालिन सेञ्चुरी बैंकको सीईओ हुँदाका बखत कर्जा प्रवाहमा चलखेल गरेको आरोपमा दुई जनासहित १० जनालाई लाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

यस्तै पक्राउ पर्नेहरूमा तुलसीराम गौतम, सबिन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनिल बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, राजेश भन्डारी रमन श्रेष्ठ छन्। राजेश भण्डारी तत्कालीन लोन प्रमुख हुन्।

गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो । सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले जनाएको छ ।

कम धितो राखेर सीमाभन्दा बढी कर्जा प्रवाह गरेको आरोप उनीहरुलाई लागेको छ । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका कम्पनीहरुलाई तत्कालिन सेञ्चुरी कमर्सियल बैंकबाट करीब २ अर्ब कर्जा प्रवाह गरिएको थियो ।