नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि दरखास्त आह्वान


काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको छनौट समितिले बुधबार आज योग्य इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

समितिले ुनेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि, २०८० ु तयार पारेको हो । समितिले कार्यविधि तयार पारे संगै समितिले आज कार्यविधिको व्यवस्था बमोजिम धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि आवेदन खुलाएको हो।

आवेदकको शैक्षिक योग्यता कम्तीमा स्नाकोत्तर गरेको र धितोपत्र बजार व्यवस्थापन,पूँजी बजार विकास,आर्थिक ,वित्तीय वाणिज्य,व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख गरिएको छ ।

यसका साथै उच्च नैतिकता भएको र ३० वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात आगामी फागुन ३० गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।

धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्ड तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि गत पुस २० गतेदेखि अध्यक्षविहिन रहेको छ ।

यस्तो छ कार्यविधि