सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ प्रणालीबाट सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत फागुन १३ गतेदेखि निष्कासन गरेको प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरुबाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमआई क्यापिटल रहेको छ ।