सबै मिलेर सहकारीको वर्तमान भ्रम चिर्नुपर्छ: अध्यक्ष ढकाल


काठमाडौँ । बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै मिलेर सहकारीको वर्तमान भ्रम चिर्नु पर्नेमा जोड दिए । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)को आयोजनामा बुधबारबाट सुरू भएको दुई दिने बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा बोल्दै उनले पछिल्लो समय सहकारीमा यथार्थभन्दा पनि बढी समस्याका कुरा मात्रै बाहिर आएको बताएका हुन् ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने ढकालले औंल्याए । अभियानलाई सुदृढ पार्नका लागि सबै पक्षले हातेमालो गरेर अगाडी बढ्नु पर्ने धारणा राखे ।

“बचत तथा ऋण सहकारी अभियानलाई साकोस समिटले एक किसिमको सन्देश दिनेछ,” उनले भने । सहकारी महासंंघले सहकारी क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ की छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेकोमा उनको जोड छ ।