समस्याग्रस्त तीन सहकारीका बचतकर्तालाई ३५ दिनभित्र माग दाबी गर्न आह्वान


काठमाडौँ । समस्याग्रस्त घोषित भएका सहकारीका बचतकर्तालाई आफुले पाउनुपर्ने रकमको दाबी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आह्वान गरेको छ।

आज (बुधबार) समितिले सूचना जारी गर्दै समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको बचत रकम माग दाबी गर्न बचतकर्तालाई आह्वान गरेको हो ।

समितिले सूचनामा आफुले पाउनुपर्ने रकमको दाबी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाइन मार्फत माग दाबी आवेदन भरी सप्रमाण पेश गर्न भनेको छ ।

सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न मितिको निर्णयबाट समस्याग्रस्त घोषणा भै सम्पत्ति व्यवस्थापन तथा दायित्व भूक्तानी सम्बन्धि कार्य समितिले गर्ने छ ।