बुधबार झिनो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक बुधबार ०.८७ अंकले घटेर २०००.७७ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ उपसमुहको सेयरमूल्य बढेको छ भने ७ उपसमुहको सेयरमूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १२ करोड ६९ लाख ६५ हजार ५५४ रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), बिपिडब्लू लघुवित्त वित्तीय संस्था र चिरख्वा हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् ।

कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.६४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

साम्लिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.६६ प्रतिशतले घटेको छ ।

कुल ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनेबच हुँदा २ अर्ब ३ करोड ८१ लाख ५९७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।