शुक्रवारदेखि ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ आयोजना हुँदै


सुर्खेत । फागुन १८ गते (शुक्रवार) डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० बढि सरोकारवाला र विज्ञहरु वत्ताको रुपमा सहभागिता रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्दि«त रहने कार्यक्रममा अन्य प्रदेशहरुबाट सम्वन्धित मन्त्री र सचिवहरुको पनि उपस्थिती रहने छ । यसैगरी संिघय सरकार र सूचना तथा सञ्चार प्रविधि क्षेत्र सम्वन्धित सरोकारवालाहरुको कार्यक्रममा उपस्थिती रहने छ । सुर्खेत, बिरेन्द«नगर स्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्रीहरुको पावर सेसन रहेको छ भने सम्पुर्ण स्थानिय पालिका र जिल्लाबाट सरकारी र अन्य सरोकारवालाहरुको कार्यक्रममा सहभागिता रहने अपेक्षा आयोजकको छ ।

कन्क्लेभमा ४ वटा महत्वपुर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेका छन् । शुक्रवार हुने उद्घाटन शत्रमा डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्व मुख्यमन्त्रीहरुको पावर सेसन मनोहर कुमार भट्टराइको कर्णालीको लागि डिजिटल रुपान्तरणका समाधान र इकोसिस्टम विषयमा किनोट प्रस्तुती रहनेछ । यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द« शाही, विद्युत्तिय शुसासन आयोगका सिइयो दिपेश बिस्ट, न्यास आइटीका अध्यक्ष रिचन श्रेष्ठसँगै युएनडिपी, नेपाल दुरसञ्चार प्राधिकरण, पिएलजिएसपी र एसिया फाउण्डेसनको तर्फबाट कार्यपत्र प्रस्तुती हुने उल्लेख गरिएको छ ।

पहिलो दिन उद्घाटन पछिको शत्रमा डिजिटल पुर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमा प्यानल सेसनहरु सञ्चालन हुनेछन् । दोश्रो दिनको पहिलो सत्रमा कर्णालीको लािग भइरहेका डिजिटल अभियान, आइडिया र प्रविधिको बारेमा केहि प्रस्तुती रहने जनाइएको छ । कर्णाली प्रदेशको कृषी, पर्यर्टन, शिक्षा, स्वास्थ, डिजिटल पहुच लगायतका आइडियाहरु प्रस्तुत हुनेछन् भने डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्वन्धमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुने उल्लेख गरिएको छ ।

कार्यक्रमको पाचौ सेसन अन्तर्गत स्थानिय, प्रादेशिक र संिघय स्तरमा डिजिटल नेतृत्व र शुसासनको सुदृढिकरण विषयमा प्रस्तुती र प्यानल सेसन सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको समापन सेसनको रुपमा कर्णालीमा डिजिटल रुपान्तरणका मार्ग र गर्नुपर्ने कार्यहरुको बारेमा बहस हुने उल्लेख गरिएको छ । यसमार्फत प्रदेश सरकारले आगामी दिनमा गर्नुपर्ने कार्य र योजनाहरु बनाएर अगाडी बढ्नको लागि सहजता दिने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक सस्थाहरुले जानकारी दिएका छन् । २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको प्रतिवद्धता छ । आयोजकका अनुसार राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानिय उत्पादन, कृषि, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्नपनि कन्क्लेभले जोड दिनेछ ।

कर्णाली प्रदेश सरकारको दोस्रो योजना र वार्षिक विकास कार्यक्रम मार्फत डिजिटल कर्णालीका प्राथमिकता निर्धारण गरि कार्य गर्न यो कन्क्लेभ महत्वपुर्ण सावित हुने विश्वास गरिएको छ । यस कन्क्लेभलाई सफल पार्न कर्णालीवासी सबै सरोकारवालालाई मन्त्रालयले अपिल गरेको छ ।

कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका सस्थाहरुलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ । शिक्षा, स्वास्थ, कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रहरुमा प्रविधिको प्रयोग प्रयोग मार्फत भइरहेका सकरात्मक प्रयासहरुलाई कन्क्लेभमा छोटो प्रस्तुतीको लागि अवसर प्रदान गरिएको छ ।