बीवाईडी गाडी किन्ने भाग्यशाली ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने


काठमाडौँ । चिनियाँ विद्युतीय गाडी बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्कले नेपालमा नयाँ स्किम ल्याएको छ।

कम्पनीले ‘नेपाल अब युरोकपमा’ स्किम सार्वजनिक गरेको हो। यसअन्तर्गत जर्मनीमा हुने यो वर्षको युरोकप प्रत्यक्ष हेर्न पाउनेछन्।

उक्त युरोकपको इ–मोबिलिटी पार्टनर बीवाईडी रहेकको छ। युरोकप जर्मनीका १० स्टेडियममा आगामी जुन १४ देखि जुलाई १४ सम्म हुनेछ।

साइमेक्सको नयाँ स्किमअनुसार ११ जना भाग्यशाली विजेतालाई जर्मनीमा फुटबल प्रतियोगिता हेर्न पठाइने छ ।