नेप्सेमा २८ अंकको गिरावट, साढे दुई अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक २८.६८ प्रतिशतले घटेर १९७२.०९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहिबार कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ११ करोड १३ लाख १० हजार ३ सय ४६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा बोटलर्स नेपाल लिमिटेड बालाजुका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१ हजार ६ सय ५ रुपैयाँ १० पैसामा कारोबार भएको छ ।

त्यस्तै आजको दिन जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३०९ कम्पनीको ७ करोड ४४ लाख ६ हजार ९ सय ९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २ सय २८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।