प्रभु इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९र८० को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकको उक्त प्रस्ताव बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनिलाई वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २ सय ६० रुपैयाँ रहेको छ।