लगानी सम्मेलनका लागि निर्माण व्यवसायी महासंघ अध्यक्ष सिंहका पाँच सुझाव


काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् ।

सिंहले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ लिने निर्माण उद्योग चलायमान बनाउन आवश्यक रहेको बताए । उनले लगानीको लाभ लिने निर्माण उद्योगमा नै निराशा छाएको अवस्थामा लगानी सम्मेलन सफल हुन नसक्ने बताए ।

सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण उद्योगका समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने सुझाव दिए । निर्माण व्यवसायीहरूको हारेको मनोबलले लगानी सम्मेलनको महत्त्व सफल नहुने उनको भनाइ छ ।

उद्योग समस्याग्रस्त र भौतिक पूर्वाधारको काम गर्ने वातावरण नबनेको अवस्थामा सरकारले गर्ने लगानी सम्मेलन सफल हुन नसक्ने सिंहको भनाइ छ । निर्माण क्षेत्र चलायमान नभएको अवस्थामा नेपालमा लगानीकर्ता आकर्षित हुन नसक्ने उनको भनाइ छ ।

नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायीहरू समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएका लगानीकर्तालाई विश्वास दिलाउन सक्ने अवस्था नभएको उनको दाबी छ । सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई प्रस्तुत गर्ने परियोजनाहरू नै नभएको उनले बताए ।

अध्यक्ष सिंहले नेपालमा हरेक वर्ष भएका लगानी सम्मेलनको उपलब्धि शून्य रहेको भन्दै लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभूति गर्न सक्ने अवस्था नभएको बताए । २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगको नै मनोबल कमजोर अवस्थामा रहेको उनको भनाइ छ ।

लगानी गर्ने लगानीकर्ता आए पनि लगानीकर्तालाई प्रोत्साहन र आकर्षण गर्ने वातावरण बनिनसकेको बताए । उनले नेपालमा ऐन, कानुन र नियमहरू लगानीयोग्य बनाउन आवश्यक रहेको बताए । विश्वमा सफल भएका निर्माण कम्पनी नेपालमा आएर असफल भएको भन्दै यो विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

लगानी सम्मेलनका लागि अध्यक्ष सिंहका सुझावः

लगानी सम्मेलन हुँदा सबैभन्दा पहिला फाइदा हुने भनेको निर्माण व्यवसायी हुन् । कुनै पनि सडक, जलविद्युत्, सैर्य ऊर्जा, अस्पताल, पर्यटनमा लगानी आए पनि सबैभन्दा बढी र पहिलो फाइदा प्राप्त गर्ने निर्माण व्यवसायीहरू नै हौँ । निर्माण व्यवसायीहरूले अहिले हारेको मनोबल लिएर लगानी सम्मेलनको महत्त्व छैन । निर्माण उद्योग समस्याग्रस्त छ । भौतिक पूर्वाधारको काम गर्ने वातावरण नेपालमा छैन भन्दै गर्दा सरकारले गर्ने लगानी सम्मेलन कसरी सफल हुन्छ । कसरी नेपालमा लगानीकर्ता आकर्षित हुन्छन् ।

नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायीहरू समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएर नेपालमा लगानी गर्छु भन्नेहरूलाई लगानीको लागि उत्तम छ भनेर कसरी प्रस्तुत गर्ने रु सरकारले नेपालमा लगानी गर्ने परियोजनाहरु प्रस्तुत गर्ने रु सरकारले लगानी सम्मेलन गरेर मात्रै मुलुक सफल हुँदैन । नेपालमा हरेक वर्ष विभिन्न किसिमका लगानी सम्मेलन भइरहेका छन् । तर उपलब्धि केही छैन । यो वर्ष हुने लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभूति गर्नसक्ने अवस्था छैन ।

नेपाल निर्माण व्यवसायीहरूले नेपालमा २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने भए पनि अहिले त्यो खालको मनोबल छैन । लगानी सम्मेलन लगानी गर्ने लगानीकर्ता आए पनि लगानीकर्तालाई प्रोत्साहन र आकर्षण गर्ने वातावरण बनिसकेको छैन । सरकारले नेपालमा लगानी गर्ने वातारण छ भन्दै गर्दा उठ्ने प्रश्नहरूको जवाफ दिन सक्ने क्षमता नेतृत्वमा हुनसक्छ । नेपालमा ऐन, कानुन र नियमहरू लगानीयोग्य छन् ।

देशको सेनापतिले नेपालमा काम गर्ने वातावरण छैन भनेर सार्वजनिक रूपमा भन्ने मुलुक, विश्वमा सफल भएका निर्माण कम्पनी नेपालमा आएर असफल भएका छन् । यसलाई कसरी सफल बनाउने भन्ने सरकारको चिन्तन हुनुपर्छ । सरकारले लगानी सम्मेलन र योजना तर्जुमा गर्दैमा सफल हुने होइन । सही कार्यान्वयन भएपछि सफल हुने हो । लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्छ ।

सरकारले तत्काल निर्माण उद्योगमा भएका समस्यालाई औँल्याएर आयोजनाहरुको म्याद थप गर्नुपर्छ । बाँकी रहेको भुक्तानी ऋण लिएर भएपनि भूक्तानी गर्दै जानुपर्छ । जुन योजनाहरु प्रतिफल दिँदैन । केही समयपछि सञ्चालन गर्दा हुने आयोजनाहरुलाई स्थगन र बन्द गर्नुपर्छ । दबाबकै भरमा योजनाहरू बन्ने काम हुनुहुँदैन ।