सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट


काठमाडौँ। सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीले बुक विल्डिङ विधिमार्फत फागुन १३ गतेदेखि १६ गते आइपीओ बिक्री गरेको थियो ।

कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले पाएका छन् । कम्पनीको आइपीओ २६ जनाले भने थप एकरएक कित्ता सेयर प्राप्त गरेका छन् ।

लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले न्युनतम ५० कित्ता र अधिकतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो ।

कम्पनीको आइपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएकामा ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत र १ हजार ३४२ आवेदन रद्द भएको जनाएको छ ।

कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको थियो भने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको थियो ।