नेप्सेमा २२ अंकको वृद्धि


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी एउटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन शिवम् सिमेन्ट कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा विन नेपाल लघुवित्त र जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३०४ कम्पनीको ७ करोड ४ लाख ३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँको कारोबार भएको छ ।