महालक्ष्मी विकास बैंकले प्रकाशन गर्‍यो २०८१ सालको भित्तेपात्रो


काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । २०८० साल फागुन २७ गते आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रकाशन गरेको हो ।

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरिएको छ ।

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ ।