वास्डन ट्रयाक्टर नेपाली बजारमा: महिना दिन भित्रै ७५ थान विक्री, डेड सय बढी अर्डर 


काठमाडौँ। अन्तर्राष्ट्रिय ब्राण्ड वास्डनको ट्रयाक्टर नेपाली बजारमा भित्रेको छ । नेपालका लागि आधिकारिक आयातकर्ता कुबेर एण्ड सन्सले यही फागुन पहिलो हप्तामा नेपाल भित्र्याएको हो । 

नेपाल भित्रेको एक महिनामै ७५ थान विक्री समेत भइसकेको छ भने एक सय ५० वटा अर्डर समेत आइसकेको कम्पनीले जनाएको छ । बहुउपयोगी, कम इन्धन खर्च हुने र भाइब्रेसन पनि अन्य ट्रेक्टर भन्दा कम हुने सेल्फ स्टार्ट इञ्जीन, फेलेक्जिबल स्टेरिङ भएकाले कृषकमाझ छोटो समयमा यसको लोकप्रियता बढेको कुबेर एण्ड सन्सका प्रबन्ध निर्देशक जे.पी. घिमिरेले बताए । 

“हामीले वषौँदेखि मेसिनरी विक्री गर्दै आएका छौँ, तर वास्डन कम्पनीको नयाँ ट्रयाक्टर कृषकले छोटो समयमा निकै मनपराउनु भएको छ, हामीलाई थप अर्डर आउने क्रम बढेको छ,” घिमिरेले भने, “कृषिको यान्त्रिकरणमा यस्ता उपकरणले योगदान गर्ने भएकाले हामी उपभोक्ताको माग बमोजिम काम गर्न प्रतिवद्ध छौँ।”

चीनको उत्पादन हुने अमेरिकी कम्पनीको उत्पादन वास्डन ट्रयाक्टर बहुउपयोगी पनि रहेकाले प्रयोगकर्ताको मन छोटो समयमै जितेको घिमिरेले बताए। “यसमा ट्रली जोडेर सामान ढुवानी गर्ने, स्प्रे जोडेर ठुला बगैचामा स्प्रेयर गर्ने, वाटर पम्प जोडेर पानी तान्ने, रिपर जोडेर धान, गहु, तोरी काटने, डिचर जोडेर ङयाङ्ग बनाउन र थ्रेसर जोडेर सबै प्रकारको बाली नाली थ्रेसीङ्ग गर्न पनि सकिन्छ,” घिमिरेले भने। 

ट्रयाक्टरको विक्री मूल्य दुई लाख रहेको छ । विक्रीपछिको सेवा एक वर्ष वारेन्टी रहेको ट्रयाक्टर देशभरका कुबेर एण्ड सन्सका डिलर तथा वास्डनका आधिकारीक विक्रेताहरु बाट अर्डर गर्न र सर्भिस सुविधा लिन सकिने जनाइएको छ । 

वास्डन एक अमेरीकी बहुराष्ट्रीय विश्वविख्यात कम्पनी हो यसको उत्पादन प्लान्ट चीनमा छ । कम्पनी सन् १९९० मा स्थापित भएको हो । कम्पनीले ४ व्हील ड्राइभ ट्रयाक्टरसन् २०१६ बाट उत्पादन सुरु गरेको हो । “यो कम्पनीले गुणस्तरमा कहिले पनि सम्झौता गर्दैन । यसैले पनि हामीले आयात र ढुक्कसँग किसानसम्म सहज रुपमा पु-याउन सकेका छौँ,” घिमिरेले भने। 

यो कम्पनी चीनको मुख्य तीन कम्पनीमा पर्दछ । हाल नेपाल भित्रेको ट्रयाक्टरको इन्जिन ४५६ सीसीको छ । यसमा १ देखि ३ सम्म फर्वाड गिएर र १ ब्याक गियर हुन्छ भने जोत्ने बेलामा ट्रिलिङ गियर र बाटोमा हिडाउन वा ट्रलिमा चलाउन वाकिङ गिएर पनि हुन्छ । बाटोको प्रकृति र जोत्ने जमिनको आधारमा मेन गियर लिभरबाटै २ व्हील र ४ व्हील सिम्टममा चलाउन सकिने घिमिरेले बताए । 

कुबेर एण्ड सन्स सन् २००० मा स्थापित कृषि मेसिनरी व्यवसाय गर्ने कम्पनी हो । विश्व बजारमा उत्पादिन गुणस्तरीय कृषि यन्त्रहरु नेपालको भुबनोट अनुसार कृषकको माझ पु-याउने काम गरिरहको छ। कम्पनीको मुख्य कार्यालय इटहरीमा रहेको छ। 

नेपाल भरनै सबै भन्दा बढी विक्री केन्द्र र सर्भिस सेन्टर रहेको प्रबन्ध निर्देशक घिमिरेको भनाइ छ।  कम्पनीका हाल देशका प्रमुख ६५ स्थानहरुमा डिलर र सर्भिस सेन्टर छन् । भविष्यमा सबै गाउँपालिका र नगरपालिकामा यस्ता यन्त्रहरुको सर्भिस सेन्टर र स्पेयर पार्टसको विक्री कक्ष राख्ने मुख्य लक्ष्य लिएको घिमिरेको भनाइ छ। 

कम्पनीले अहिले यो वास्डन कम्पनीको मिनी ट्रेक्टर देशका प्राय सबै तराइ क्षेत्र र उपत्यका लगायत समथर भुभागमा तालिम र प्रदर्शनी गरिरहेको छ। “कम्पनीले अहिले इच्छुक व्यक्तिहरुलाई ग्रुप बनाएर तालीम दिने व्यवस्था पनि गरेको छ । यस्ता प्रकारका तालिमले कृषकहरुले आफनो औजार आफै मर्मत गर्न सक्षम हुनेछन्,” घिमिरेले भने। 

ट्राक्टर विभिन्न स्थानमा महिलाहरुले पनि चलाएको र सहज पाएको प्रतिक्रिया आएको कुबेर एण्ड सन्सले जनाएको छ। “तराईका विभिन्न जिल्लामा परीक्षण गर्दा महिलामैत्री प्रमाणित भएको छ, यसले यान्त्रिकरणमा थप टेवा पुग्ने विश्वास लिएका छौँ,” घिमिरले खुशी व्यक्त गरे।