अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाए


काठमाडौँ । चैत महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । चैत महिनाको लागि एन आई सी एशिया बैंकले बढाएको छ भने प्रभु बैंक र ग्लोबल आइएमई बैंकको ब्याजदर स्थिर रहेको छ ।

एन आई सी एशिया बैंकको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपमा ८.८४८ प्रतिशत तोकेको छ भने प्रभु बैंकको ७.५ प्रतिशत र ग्लोबल आइएमई बैंकको ७.६ प्रतिशत रहेको छ ।

मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले दिएको छ भने सबैभन्दा बढी एन आई सी एशिया बैंकले दिएको छ । कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६६१ प्रतिशत दिएको छ ।

एभरेष्ट बैंकले ६.५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्र्डड चार्टड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याजदर दिने भएका छन् ।

नेपाल एस बि आई बैंकले ७.०१ प्रतिशत, नबिल बैंक, सानिमा बैंक र प्राइम कर्मशियल बैंकले ७.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

कुमारी बैंकले ७.५१ प्रतिशत, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र हिमालयन बैंकले ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।

सिटीजन्स बैंक र माच्छापुच्छे« बैंकको ७.७५ प्रतिशत ब्याजदर तोकेका छन् ।