घट्यो सुनको मूल्य


काठमाडौँ। बुधवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ। बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजावी सुनको मूल्य १ लाख २४ हजार ४०० रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ ।