बुधबार झिनो अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन शिवम् सिमेन्ट कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड ५३ लाख ८३ हजार ६६२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा विन नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत, ९.५८ प्रतिशत, ९.२२ प्रतिशत र ९.०३ प्रतिशतले बढेको छ ।

कुल ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ ।