नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि १९ जनाले आवृेदन दिएका छन् । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले जारी गरेको सूचना अनुसार बुधबार साझँसम्म १९ जनाको आवेदन परेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयले फागुन १६ गते अध्यक्ष पदमा नियुक्तिको लागि आवेदन माग गरेकोमा अन्तिम दिन बुधबारसम्म १९ जनाले आवेदन दिएका हुन्।

बोर्डको अध्यक्षका आवेदन दिनेमा चिरन्जीवी चापागाईं, सन्तोष नारायण श्रेष्ठ, नवराज अधिकारी, गोपालप्रसाद भट्ट, निरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, मुक्तिनाथ श्रेष्ठ, कृष्णराज पोखरेल, सुर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, बीमलकुमार तिवारी, रामकृष्ण खतिवडा, रघुराज काफ्ले, खगेन्द्र कटुवाल, प्रविन पन्दाक, मुक्ति अर्याल र कृष्णबहादुर कार्कीले रहेका छन् ।

आवेदन दिनेमा राष्ट्रबैंकका पूर्वडेपुटी गभर्नरदेखि धितोपत्र बोर्डका कार्यकारी निर्देशक, नेप्सेका पूर्व सिइओसम्म रहेका छन्।

प्राप्त आवेदनमध्ये समितिले पहिलो चरणमा ५ जना छनौट गर्ने र दोस्रो चरणमा ३ जना छनौट गरी नियुक्तिका लागि सरकारलाई सिफारिस गर्ने छ । समितिले सिफारिस गरेका ३ जनामध्येबाट एक जना सरकारले बोर्ड अध्यक्षमा छनौट गर्नेछ ।