माघसम्म कुन बैंकले कति नाफा कमाए ?


काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको ७ महिनामा ३८ अर्ब ८० करोड ७० लाख रुपैयाँ बरारबर खुद नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ, विकास बैंकहरुले २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ र वित्त कम्पनीहरुले ४६ करोड १५ लाख ७० हजार रुपैयाँ बराबर खुद नाफा आर्जन गरेका छन् ।

चालू आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढि नबिल बैंकको खुद नाफा रहेको छ । नबिल बैंकले चालू आर्थिक वर्षको माघसम्ममा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड रुपैयाँ, एन आइ सी एशिया बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ९४ करोड १७ लाख र हिमालय बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै, एनएमबिले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ र कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै, सिटिजन्स बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।